काठमाडौं। गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा गुरूङ दोषी ठहर भएका हुन् ।
उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सदर गरिदिएको हो ।
उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि उच्चको उक्त फैसलालाई सदर गर्दै पाँच वर्ष कैद सजाय कायम गरेको हो ।