भारतको उत्तराखण्डमा बस दुर्घटना मृत्यु हुनेको संख्या ३६ पुग्यो

भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ३६ पुगेको छ । प्रहरी अधिकारीका अनुसार उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो ।

दुर्घटनामा थप केही व्यक्ति घाइते भएको र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाई उद्धार गरी देहरादून लगिएको छ ।

सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्वीरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ ।

भारतको पहाडी इलाकामा सडकको दुरावस्था, पुराना यातायातका साधन र चालकको लापरबाहीका कारण हुने दुर्घटनाका कारण हरेक वर्ष सयौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
235
सम्बन्धित

लोकप्रिय

लोकप्रिय