झापा । झापाको दमकमा श्रीमानले श्रीमतीमाथि हतियार प्रहार गरी सख्त घाइते बनाएका छन् ।
गएराति ८ बजे दमक नगरपालिका वडा न।९ शान्ति चोक बस्ने ७१ वर्षीय राजेन्द्र शाहले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ५९ वर्षीया दिलमाया ठकुरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् ।
दुबै खुट्टामा हतियार प्रहारबाट घाइते दिलमायालाई उपचारको लागि निम्स अस्पताल दमक पठाइएको छ । बोल्न सक्ने उनको अबस्था मध्यम रहेको छ ।
हतियार प्रहार गर्ने राजेन्द्रलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।