नेपाल श्रीलंकासँग क्वाटरफाइनलमा पराजित

काठमाडौं । हङकङमा जारी ‘हङकङ सुपर सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ । आज दिउँसो भएको खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भयो ।


नेपालका राशिद खानले ८ छक्का र एक चौकासहित ५५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । अन्य ब्याटर टिक्न नसक्दा नेपाल पराजित भयो । नेपालका नारायण जोशीले १३ रन बनाउनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । कप्तान सन्दीप जोरा र प्रतिश जिसी शून्य रनमै आउट भए । लोकेश बम ६ र विवेक यादव ५ रनमा आउट भए ।

श्रीलंकाको जितका लागि लहिरु समाराकून र थरिन्दु रथनायकेले दुईरदुई विकेट लिए भने धनञ्जय लक्षण र लिहुरु मधुसंकाले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १२३ रन बनाएको थियो ।


श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए । लिहुरु मधुसंकाकाले ३१, लहिरू समाराकूनले २२, थानुका दबारेले १८ रन बनाए ।

नेपालका प्रतिश जिसी र नारायण जोशीले एकरएक विकेट लिए । समूह चरणमा नेपालले इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय