झापा । झापाको बिर्तामोड-१० विराटपोखरमा मादक पदार्थ सेवन गरी सुतेका एक व्यक्तिको बाख्राको खोरमा मृत्यु भएको छ ।
शुक्रबार बिहान अन्दाजी ७:३० बजेको बिर्तामोड–१० बिराटपोखरस्थित हृदयराज पाठकको बाख्राखोरमा भारतीय नागरिक ३५ वर्षीय सन्तोष यादव मृत अवस्थामा फेला परेका हुन् ।
भारत सितामढी आनन्दगंज घर भई बिगत ५–६ बर्षदेखि इन्द्रप्रसाद संग्रौलाको जग्गा भाडामा लिई उनी खेतीबारी गर्दै आएका थिए ।