झापा कचनकवलका दर्जीको मलेसियामा मृत्यु

झापा । झापा कचनकवल– १ घेरावारीका एक व्यक्तिको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको छ । घेरावारी बनियानीभिट्टाका ४८ वर्षीय रामबहादुर दर्जीको कात्तिक ९ गते मलेसियामा मृत्यु भएको हो ।


विगत ७ वर्षदेखि मलेसियामा काम गर्दै आएका दर्जी रक्तचापका बिरामी थिए ।

उनको शव नेपाल झिकाएर आज स्थानीय जमुना खोलामा अन्त्येष्टि गरिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । मृतकका श्रीमती टङ्कमाया दर्जी तथा दुई छोरा र एक छोरी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
76
सम्बन्धित

लोकप्रिय

लोकप्रिय