यो बर्षको गाई पूजा शनिबार, किन गरिन्छ गाईको पूजा ?

झापा । यो बर्षको तिहारको गाई पूजा शनिबार परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज शुक्रबार कुनै तिहारको पर्व नपरेकोसमितिले जनाएको छ। औँसी बे लुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ।


औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार रहेको समितिले उल्लेख छ। नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरुले बताएका छन् ।

शुक्रबार नै गाई पूजा भनी चर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आग्रह गरेको छ।


किन गरिन्छ गाईको पूजा ?

गाईलाई हिन्दूधर्मावलम्बीहरु गौमाता तथा लक्ष्मीस्वरुपाका नामले पुकार्ने गर्दछन् । गाईको सेवा गरेमा सबै पाप नष्ट हुने जनविश्वास छ । गौमाताको सिङको तल्लो भागमा ब्रह्मा र भगवान विष्णुको बास हुन्छ । साथै सिङको अग्र भागमा तीर्थ रहने विश्वास गरिन्छ । साथै बीचमा महादेवले बास गर्दछन् ।

गाईको निधारमा गौरी, नाकको अग्र भागमा भगवान कार्तिकेय, नाकको दुई प्वालमा कम्बल र अश्तर नाग बस्ने गर्दछन् । गाईको कानमा अश्विनी कुमार, आँखामा चन्द्रमा र सूर्यदेव, दाँतमा आठ वशुगण, जिब्रोमा वरुण, कण्ठमा माता सरस्वतीको वास हुने गर्दछ ।

सबै देवीदेवताहरु गौमाताको शरीरमा रहने भएकोले गाईलाई पूजा गर्ने गरिन्छ । सबै देवी देवताहरु र सबै तीर्थ व्रतादीहरु गाईको शरीरमा लिप्त रहने भएकोले गौमातालाई लक्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
196
सम्बन्धित

लोकप्रिय

लोकप्रिय