काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिट्टै आकर्षक, आधुनिक, सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने बताउनु भएको छ ।
बिहीवार बालुवाटारमा साफ महिला च्याम्प्यिनसिप उपविजेता टोलीसँगको भेटका क्रममा उँहाले ५० हजार सिट क्षमताको रंगशाला नेपालाई आवश्यक भएकाले सोहीअनुसार सरकार अघि बढ्ने बताउन्भयो ।
ओलीले सरकारले एउटा नयाँ रंगशाला सकेसम्म छिट्टै बनाउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई घोषणा गरिएको पुरस्कार राशी तिहार बिदा लगत्तै उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
रकारले साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ।