प्रेसर कुकर विस्फोटमा घाइते भएकी महिलाको मृत्यु

झापा । केही दिनअघि प्रेसर कुकर विस्फोट भएर घाइते भएकी मोरङ बेलबारी नगरपालिका–६, सोमबारे बोराबाँधकी महिलाको मृत्यु भएको छ। विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा घटनाको १२ दिनपछि उनको मृत्यु भएको हो।


बोराबाँधकी ३८ वर्षीया सविना मगरको बिहिबार विहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा खाना पकाउने क्रममा गत कात्तिक ३ गते विहान करिव ९ बजे प्रेसर कुकर विस्फोट हुँदा उनी घाइते भएकी थिइन्।

कुकरको सिट्ठीले निधारमा लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।


मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
1
+1
0
+1
0
+1
2
325
सम्बन्धित

लोकप्रिय

लोकप्रिय