लक्ष्मीपूजामा देखिएको झिलिमिली काठमाडौं

काठमाडौं । तिहारको मुख्य दिन लक्ष्मीपूजाको अवसरमा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।


घर तथा कार्यालयहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोका पनि खुला राख्ने गरिन्छ ।


लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । धेरैजसो घर, कार्यालय तथा अन्य पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको छ ।

तस्बिर स्रोत : अनलाइनखबर

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
343
सम्बन्धित

लोकप्रिय

लोकप्रिय