बिर्तामोड नगरपालिकाको विज्ञप्ति, समाचारमा आएजस्तो कुनैपनि तिक्तता छैन

झापा । बिर्तामोड नगरपालिकाका विभागीय कर्मचारीहरुको असहयोगका कारण प्रमुख प्रशासकीय अधिकृतहरु बारम्बार कर्मचारीहरुले आपत्ति जनाएका छन् । उनीहरुले सञ्चार माध्यमहरुमा आएको समाचारप्रति खेद व्यक्त गरेका छन् ।

बुधबार निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीसहित अन्य तीन दर्जन कर्मचारीहरुले सामुहिक हस्ताक्षर गरेर जारी गरिएको प्रेस विज्ञप्तिमा समाचारहरुमा आएजस्तो व्यवहार नभएको जिकिर गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाका सबै शाखा प्रमुख र कर्मचारीहरुमा समाचारमा आएजस्तो तिक्ततापूर्ण व्यवहार नभएको र प्रक्रियागत आएका कुनै पनि योजना प्रभावित नभएको जानकारी गराउँदछौं ।’

त्यस्तै उनीहरुले नगरपालिकाको कुनैपनि बिषयमा समाचार लेख्दा आधिकारी व्यक्तीहरुसंग सत्यतथ्य बुझेरमात्रै समाचार लेख्न आग्रह गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
426
सम्बन्धित

लोकप्रिय

लोकप्रिय