मुख्य प्रशिक्षक तामाङले छाडे महिला टिम

काठमाडौं। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाली महिला टोली छाडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफ च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै उनले टोली छाडेको घोषणा गरेका हुन्।


गत फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा उनले नेपाललाई फाइनल पुर्‍याएका थिए। त्यतिखेर जोर्डनसँग नेपाल फाइनलमा पराजित भएको थियो।

उनले अब आफु क्लब प्रशिक्षणमा जाने बताएका छन् ।


तामाङले प्रशिक्षण सम्हाले यता राष्ट्रिय महिला फुटबल टिमले भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । उनले महिला फुटबलको गरिमालाई उच्च बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
1
725
सम्बन्धित

लोकप्रिय

लोकप्रिय