काठमाडौँ । बालुवाटार घेराउ गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न भन्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यलयका प्रहरी वरिष्ठ उपरिक्षक विनोद घिमिरेले जानकारी दिए।
पक्राउ पर्नेमा एक महिलासमेत रहेको प्रहरीले जनाएको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो। पक्राउ परेकाहरुलाई काठमाडौँका विभिन्न प्रहरी कार्यलयमा राखिएको छ।
बालुवाटारको प्रदर्शनलाई सम्बोधन गर्दै रास्वपाकी नेत्री एवम् पर्वमन्त्री सुमना श्रेष्ठले दुई तिहाईको सरकारले रास्वपालाई धम्क्याउन र तर्साउन खोजेको आरोप लगाउँदै प्रतिकारमा उत्रन आह्वान गरिन्।