अवैध मदिरा बोकेको सवारीसहित भारतीय चालक पक्राउ

झापा । भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकडभिट्टामा पक्राउ परेका छन् । आज बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले चेकजाँच गरेको थियो ।


उक्त कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य भागहरुमा लुकाएर ल्याउँदै गरेको ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल, सुपर स्ट्रोङ बियर २४ बोतल बरामद भएको थियो ।

अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० मूल्यबराबरको मदिरा र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान र व्यक्ति मेची भन्सार कार्यालयमा बुझाइएको डीएसपी कृष्णकुमार चन्दले बताए ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
319
सम्बन्धित

लोकप्रिय

लोकप्रिय