नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट बिक्री स्थगीत

काठमाडौं । सेमिफाइलनमा भारतविरुद्ध क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिनपको फाइनल खेलको टिकट बिक्रीमा तत्काललाई रोक लगाएको छ ।


बुधबार हुने फाइनल खेलमा घरेलु टोली नेपाल र साविक बिजेता बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले फाइनल खेलको टिकट बिक्री सोमबारबाटै गरेपछि एन्फाले यस्तो निर्णय गरेको हो ।

सोमबार बिहानैबाट टिकट बिक्री सुरु भएपछि दिउँसो बन्द गरिएको थियो । एन्फाले अर्को सूचना नआएसम्म तत्काललाई टिकट बिक्री नगर्न र खरिद नगर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
904
सम्बन्धित

लोकप्रिय

लोकप्रिय