झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको करिब ११ लाख ८१ हजार बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
प्रतिबन्धित पटाका जिल्ला विभिन्न नाकाबाट चोरी तस्करीको माध्यमबाट नेपाल भित्राइएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी महेशराज विष्टले बताए ।
बरामद गरिएको ९ बोरा विभिन्न ब्रान्डका पटाकाहरूलाई सोमबार दिउँसो गणभित्रै खाल्डो खनी नष्ट गरिएको डीएसपी विष्टले बताए । पटाका नष्ट कार्यक्रममा जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।