काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको सूचना आएपछि

काठमाडौं । काठमाडौंबाट भारतको नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको अज्ञात समूहले सूचना दिएपछि चेकजाँच सुरु भएको छ ।


दिल्ली उडान गर्न लागेको एयर इन्डियाको जहाजमा भारतबाट अज्ञात समूहले बम राखेको सूचना दिएको हो । विमानमा बमको हल्ला भएपछि सुरक्षा निकायले चेकजाँच गरिहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँच गरिरहेको निरौलाले जनाए । यसअघि गएको कात्तिक ६ गते पनि भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि खानतलासी गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
268
सम्बन्धित

लोकप्रिय

लोकप्रिय