खुदुनाबारी गोल्डकपको चौथो संस्करण कार्तिक २६ गतेदेखि हुने

अर्जुनधारा । खुदुनाबारी गोल्डकपको चौथो संस्करण कार्तिक २६ गतेदेखि सुरु हुने भएको छ । “हाम्रो अभियान, हाम्रो शान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाको संयुक्त आयोजनामा हुने गोल्डको बारेमा आज पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो । गोल्डकपको चौथो संस्करणलाई अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिताको रुपमा संचालन गरिने प्रतियोगिताका संयोजक अर्जुनधारा– ३ का वडाअध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो । कार्तिक २६ गते देखि मंसिर ५ गते सम्म प्रतियोगिता संचालन हुने छ ।


प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिबसताक्षी, गौरादह, दमक नगरपालिका र इलामको माई नगरपालिकाको एक टिमसहित आयोजकको एक टिम गरेर १० टिमको सहभागिता रहने भट्टराईले जानकारी दिनुभयो ।

अर्जुनधारा– ३ को कैदले प्राकृतिक रंगशालामा हुने प्रतियोगिताको बिजेताले १ लाख ११ हजार २११ र उपविजेताले ५५ हजार ६५५ रुपैयाँ नगद पुरस्कार, ट्रफी तथा मेडल पाउने छन् । प्रतियोगिताको प्रथम पुरस्कार खुदुनाबारीका अग्रज व्यक्तित्व स्व. डिल्ली बिक्रम नेम्वाङको स्मृतीमा छोराहरु दानेन्द्र र कर्वेन्द्र नेम्वाङले प्रदान गर्ने अर्जुनधारा ३ का वडासचिव तथा आयोजक समिति सचिव खगेन्द्र लिङदेनले जानकारी दिनुभयो । त्यस्तै हाल अमेरीकामा बस्नुहुने प्रेम दुलालले दोस्रो पुरस्कार प्रायोजन गर्नुभएको लिङ्देनले बताउनुभयो ।


पत्रकार सम्मेलन संचालन गर्दै सचिव खगेन्द्र लिङ्गदेन

प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता सम्पन्न गराउन झापाका नगरपालिका तथा स्थानीय संघ सस्थाको आर्थिक सहयोग रहने जनाईएको छ । प्रतियोगितामा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । फाइनलका बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैया पुरस्कार पाउने आयोजकले बताएको छ ।

अर्जुनधारा नगरपालिका १, २ र ३ स्थित साबिक खुदुनाबारी गा.बि.स.को पहिचानलाई कायमै राख्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक भट्टराईले बताउनुभयो । कैदले प्राकृतिक रङशालाको स्तर उन्नती, युवा पुस्ताहरुलाई खेलक्षेत्रमा प्रोत्साहन दिई व्यवसायिक खेलाडीको रुपमा उत्पादन गर्ने, नगरपालिका नगरपालिका बिचको भाइचारा सम्बन्ध बढाउने र कैदेले पर्यापर्यटन क्षेत्रको दिगो बिकासको लागि बढावा दिने, राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद नाराका साथ खुदुनाबारी गोल्डकपलाई निरन्तरता दिदै सभ्य र स्वास्थ्य समाज निर्माण गर्ने लगायतका उदेश्यहरु राखेर प्रतियोगिताका आयोजना गरिएको उहाँको भनाई छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देन तामाङ

पत्रकार सम्मेलनमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, अर्जुनधारा २ का वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, कार्यपालिका सदस्य चन्द्रा तामाङ, नगरपालिकाका पूर्व उपप्रमुख कमला खतिवडा लगायत विभिन्न सामुदायिक वन, विद्यालयहरु तथा खेल संवद्ध विभिन्न संघसंस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिता सम्पन्न गराउन युथ अफ खुदुनाबारी, च्यारीटी युथ क्लब लगायतका संघसंस्थाहरु सहयोगि भुमिकामा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
879
सम्बन्धित

लोकप्रिय

लोकप्रिय