फिल्म करिअर छाडेर राजनीतिमा लागेको थलापति विजयको घोषणा

काठमाडौं । साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा पहिल्यै गरेका हुन् । आइतबार बेलुका र्‍यालीलाई सम्बोधन गर्दै फिल्म करिअर उत्कर्षमा पुगेको बेला राजनीतिमा सहभागी हुने घोषणा गर्नुपर्नाको कारणबारे बताए । राजनीतिमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुअघि उनले आफ्ना पछिल्ला केही फिल्मको सुटिङ गरिरहेको हल्ला थियो । तर उनले राजनीतिक करिअरका लागि फिल्म क्षेत्र छाडेको पुष्टि गरेका छन् । अभिनेताले आइतबार आफ्नो पहिलो र्‍यालीमा फ्यानसँग पनि कुरा गरे ।


विजयले तमिलनाडुमा फ्यानसँग कुरा गर्दै भने, ‘मैले करिअरको शिखरमा आइपुगेर फिल्मलाई लात हानें र आफ्नो पारिश्रमिकलाई पनि लात मारें । म यहाँहरु सबैको विश्वास लिएर तपाईंको विजयको रुपमा आएको हुँ ।’ गत सेप्टेम्बर सार्वजनिक एक रिपोर्टमा विजयलाई धेरै कमाउने भारतीय अभिनेताको रुपमा चित्रण गरिएको थियो ।

इटाइम्ससहित केही भारतीय सञ्चारमाध्यमका अनुसार थलापति विजयले आगामी फिल्म ‘थलापति ६९’ को लागि २७५ करोड भारु पारिश्रमिक लिएका छन् । विजयले तमिल फिल्ममा आफ्नो प्रवेशको बारेमा पनि कुरा गरे । उनले भने, ‘मेरो सिनेमा करिअरको सुरुमा मलाई मेरो अनुहार राम्रो छैन, म राम्रो देखिन्न, मेरो कपाल र मेरो चाल पनि राम्रो थिएन भनेर भनिएको थियो । उनीहरुले मलाई यसरी लज्जित तुल्याए ।’


यस्ता आलोचनाले आफूलाई असर गर्न नदिने उनले बताए । विजयले आफ्नो छाप बनाउन र सबैलाई गलत साबित गर्न कडा मेहनत गरेको बताए । विजय तीन दशकभन्दा बढी समयदेखि फिल्म उद्योगमा सक्रिय छन् । उनले बाल कलाकारको रुपमा वेत्री, कुटुम्बम्, वसन्त रागम र सत्तम ओरु विलायट्टु जस्ता फिल्ममा अभिनय गरे ।

उनले सन् १९९२ मा ‘नालैया थेरपु’बाट डेब्यु गरेका थिए । उनले नेन्जिनिले, मिनसारा कन्ना, गिल्ली, शिवकासी, पोक्किरी, अझागिया तमिल मगन र कुरुवी लगायत ६८ वटा फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘ग्रेटेस्ट अफ अल टाइम (गोट) हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
271
सम्बन्धित

लोकप्रिय

लोकप्रिय