आईसीसी लिग २ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग- २ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपालले हार व्यहोरेको छ। अमेरिकाका टेक्सासस्थित डलासको ग्राण्ड प्रिएरीमा ​नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो।


टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा पूरा खेल्दा २८६ रनमा अलआउट भयो। नेपालका लागि ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले अर्धशतक प्रहार गरे। साहले ५६ रन र शेखले ५२ रन बनाए।

कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन जोडे। उनले ७५ बलमा ८ चौका र ३ छक्का हिर्काए। कुशल भुर्तेलले ११ रन जोडे। शेखले ३७ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भए। अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कुशल भुर्तेलले ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए। ललित राजवंशीले १ विकेट हात पारे।


२८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पार गर्‍यो। उसका लागि ओपनिङ ब्याटर शायन जहानगिरले शतक प्रहार गरे। उनले १०४ रन जोडे। अर्का ओपनर आन्द्रेस गस १ रनमा आउट भए। तर कप्तान मोनाक पटेलले ६२ रन जोडे। उनले दोस्रो विकेटका लागि जहानगिरसँग १६१ रनको साझेदारी गरे। बलिङमा अमेरिकाका केञ्जिगेले ४ विकेट लिए।

हर्मित सिंहले ५७ रन र साड्ली भान साल्वेकले २९ रन जोडेर अमेरिका जित नजिक पुगेको हो। यो श्रृङ्खलामा नेपालले नेपालले दुवै टोलीसँग दुई-दुई खेल खेल्नेछ। अब नेपालले मंगलबार राति सवा ९ बजे स्कटल्याण्डसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
385
सम्बन्धित

लोकप्रिय

लोकप्रिय