मुख्यमन्त्री आचार्यद्वारा मेची–महाकाली उद्धार यात्रीहरुलाई स्वागत

लमही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीद्वारा मेची–महाकाली राष्ट्रिय उद्धार टोलीका यात्रीहरुलाई स्वागत गरिएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मेची–महाकाली उद्धार टोलीलाई स्वागत गरिएको हो ।


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले टोलीलाई स्वागत गर्नुभएको हो । आचार्यले मानव मानवसेवा आश्रमले गरेको कामको प्रसंशा गर्दै कार्यक्रममा आश्रमले गरेको गतिविधिको भिडियो हेरेर आफू स्तब्ध र थप गम्भीर बनेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै उहाँले राज्यले गर्नुपर्ने काम आश्रमले गरेको बताउँदै आगामी दिनहरुमा आश्रमसँग साझेदारी गरि अगाडि बढ्ने र आश्रमका लागि बजेट छुट्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको हो । साथै लुम्बिनी प्रदेशलाई पनि सडकआश्रित मानवमुक्त प्रदेश बनाउन लुम्बिनी प्रदेश सरकार मानवसेवा आश्रमसँग सँगै सहकार्य र सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।


त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत यात्राको १४ औँ दिन आइतबार ४ जना सडकआश्रित मानवहरुको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा तय भएको हो ।

राष्ट्रिय उद्धार यात्राका क्रममा लमही नगरपालिका–५ बाट ३ जना र राप्ती गाउँपालिकाबाट १ जना गरि ४ जनाको
उद्धार गरिएको हो । असोज २८ गतेबाट झापाको मेचीनगरदेखि थालनी भएको यात्राको १४ औँ दिनसम्मको अवधिसम्मपुग्दा १३० जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ । उद्धार गरिएका १०१ जना पुरुष र २९ जना महिलाको सङ्ख्या मध्ये २ बालिका र १ जना बालक पनि रहेका छन् ।

आइतबार उद्धार हुनुभएका ४ जनालाई आजै मानवसेवा आश्रम तुलसीपुर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ । साथै उद्धार टोली सोमबार दाङको घोराही र तुलसीपुर क्षेत्रमा सडकसेवा सम्पन्न गरि सोमबार नै यात्रीहरु नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
247
सम्बन्धित

लोकप्रिय

लोकप्रिय