बिर्तामोडमा सोफा होलसेल सञ्चालनमा, ५ देखि १० प्रतिशतसम्म छुट

बिर्तामोड । पूर्वको महत्वपूर्ण व्यापारीक केन्द्रको पहिचान बनाउदै गएको झापाको बिर्तामोडमा सोफा होलसेल सञ्चालनमा आएको छ । युवा ब्यवसायी विमल आलेमगर र ध्रुव काप्रीले सञ्चालनमा ल्याएको सोफा होलसेलको बिर्तामोड भिद्रपुर रोडको एक किलोमिटरमा क्षेत्रमा आज उद्घाटन गरिएको हो । सोफा होलसेल बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले गर्नुभयो ।


फ्याक्ट्रीसंगै मुख्य कार्यालय काठमाडौंमा रहेको सोफा होलसेलले तिहार पर्वको अवसर पारेर तेस्रो शाखा बिर्तामोडमा संचालन गरेको सञ्चालक विमलले मगरले जानकारी दिनुभयो । मगरका अनुसार काठमाडौंको सोर्ह फुटे र पेप्सीकोलामा यस अघि नै शाखा सञ्चालनमा छ ।


करिव एक करोड ५० लाख रुपैयाँको लगानी रहेको सोफा होलसेलले करिब ५० लाखको लगानीमा बिर्तामोडमा तेस्रो शाखा सञ्चालनमा ल्याएको प्रवन्ध निर्देशक ध्रुव काप्रीले जानकारी दिनुभयो । सोफा होलसेलमा दराज, वेड, डाइनिङ, टिभी र्याकसहित फार्निचरका सम्पूर्ण सामाग्री उपलब्ध रहेका छन् । सोफा होलसेलमा १५ हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्मका सामाग्री पाइने बताइएको छ ।

सोफा होलसेलले उद्घाटनका अवसरमा प्रत्येक सामाग्री खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट दिएको बताइएको छ । झापाभरी फ्रि डेलिभरी सुबिधा समेत दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष राजु न्यौपानेले सोझा होलसेलमा एकदमै राम्रा सामाग्री सुपथ मूल्यमा उपलब्ध रहेकाले खरिद गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
470
सम्बन्धित

लोकप्रिय

लोकप्रिय