विद्यालयमा जंक फूड प्रतिबन्ध गराउन लागि पर्दै विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठन

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीे र संबद्ध जनवर्गीय संगठन हरुले झापामा संचालित सामुदायिक र संस्थागत विद्यालयहरूमा जंक फूड लाई प्रतिबन्ध गर्ने अभियान सन्चालन गरिरहेको छ। दीर्घकालीन रुपमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने यस्ता अखाद्य वस्तु लाई अनिवार्य रुपमा बालबालिकाको पहुँच बाट हटाउने र यो अभियानमा सम्बन्धित सबै पक्ष लाई सहकार्यमा आउन निरन्तर अपील गरिरहेको छ।


सहकार्यको निम्ति अपील गर्दै झापाको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई संगठनहरुले ज्ञापन पत्र बुझाएको छ। यो विषयमा गम्भीर भई सहकार्यमा आउन हार्दिक अपिल गरेको पार्टीका प्रदेश सदस्य समेत रहेको विद्यार्थी नेता विनोद सी ले जानकारी गराए।

उनका अनुसार, जंक फुडको प्रयोगले अन्तरालामा मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्रोल, मृगौला सम्बन्धी रोग, ओस्टियोपोरोसिस, डिप्रेशन, क्यान्सर जस्ता घातक रोगरु निम्तिने छ। यस्तो प्रकारको स्वास्थ्य समस्याले गर्दा कम आय भएका नेपाली नागरिकहरू लाई आर्थीक र सामाजिक हिसाबले समेत तहसनहस बनाउने गरेको छ।


जंक फुड उत्पादक कम्पनीहरुले राज्य लाई कर बुझाएको भरमा जनस्वास्थ्यमा घातक खेलबाड गर्न नपाउने र यो कुनै पनि हालतमा रोक्नु पर्ने उनले बताए। उनीहरुले यसअघि झापाका पालिकाहरुमा समेत ज्ञापनपत्र बुझाई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
444
सम्बन्धित

लोकप्रिय

लोकप्रिय