रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैन : प्रहरी

कास्की । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने समाचारका खण्डन गरेको छ ।


आज प्रहरीले विज्ञप्ति जारी गर्दै लामिछानेमाथि दुर्व्यवहार नभएको स्पष्ट पारेको हो । लामिछानेले अदालतको इजलासमा आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको गुनासो गरेका लामिछानेका वकिलले दावी गरेका थिए ।

‘प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटकलगायत सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरीद्वारा जारी वज्ञप्तिमा भनिएको छ ।


तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने प्रहरीले उल्लेख गरेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
330
सम्बन्धित

लोकप्रिय

लोकप्रिय