दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने अनेम संघ झापाको चेतावनी

बिर्तामोड । अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुव्र्यवहारपूर्ण अभिव्यक्ति दिने अभियन्ता दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी दिएको छ । राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति प्रसाईले दिएको उनीहरुको आरोप छ ।


प्रसाईले एमालेमा आवद्ध महिला नेतृत्वलाई विभिन्न आक्षेपहरु लगाइरहकोले उनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै अनेमसंघ झापाले प्रसाईले दिने गरेका महिलाविरुद्धका अभिव्यक्तिहरुको तथ्य संकलन गरेर कानुनी कारबाहीको तयारी गरेको बताएका छन् ।

तथ्य प्रमाण संकलन गरेर प्रसाईलाई कानुनी दायरामा उभ्याउने अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले बताइन् । उनले प्रमुख जिल्ला अधिकारीलाई यसबारे डेलिगेशन गएर प्रसाईले महिलामाथि दिइरहेको अभिव्यक्ति बारे अवगत गराउने जानकारी दिइन् । महिलाहरु चुप बसेका कारण प्रसाईले मनपरी बोरिहेका छन्, उनले भनिन्- अब हामी चुप बस्ने पक्षमा छैन । प्रसाईलाई कारबाहीको दायरामा ल्याएर छोड्छौं ।


उनीहरुले प्रसाईविरुद्ध झापाली महिलाहरु मुक्तिचोक र बिएण्डसी पुगेर विरोध प्रदर्शन तयार रहेको बताएका छन् । महिलामाथि हिंसाका घटनाहरु बढ्दै गइरहेकोले अनेमसंघले गाउँगाउँसम्म महिलालाई सचेत गराउने बताइएको छ । टोलटोलबाट महिला हिंसा विरुद्ध प्रतिकार गर्न नेतृ काफ्लेले आग्रह समेत गरेकी छन् ।

अनेम संघ झापा अध्यक्ष पवित्रा पाठकले दुर्गा प्रसाईले विभिन्न माध्यम मार्फत महिलामाथि हिंसा हुने अभिव्यक्ति दिइरहेको बताइन् । उनले प्रसाई र प्रसाईको जस्तो अभिव्यक्ति दिने कसैलाई पनि नछोड्ने धारणा राखेकी छन् । बढ्दो महिला हिंसा, बलात्कार, हत्या जस्ता जघन्य अपराध गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने उनको भनाई छ । अध्यक्ष पाठकले महिलामाथि हिंसा गर्नेहरुलाई कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने बताइन् । पत्रकार सम्मेलनमा केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
547
सम्बन्धित

लोकप्रिय

लोकप्रिय