भुटानलाई ७–१ गोलले पराजित गर्दै बंगलादेश फाइनलमा

काठमाडौँ । बंगलादेश साफ महिला च्यम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवार सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन बंगलादेशले फाइनल यात्रा तय गरेको हो।


बंगलादेशका लागि तहुरा खातुनले ३ गोल तथा सबिना खातुनले २ गोल गरे। रितु चक्मा र मसुरा प्रविनले १/१ गोल गरे।

भुटानका लागि एकमात्र सान्त्वना गोल डेकी लाजोनले गरिन्। भुटान अघिल्लो संस्करणमा पनि बंगलादेशसँग नै पराजित भएको थियो। 


दोस्रो सेमिफाइनलमा आजै नेपाल र भारतबीच साढे ६ बजे प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
414
सम्बन्धित

लोकप्रिय

लोकप्रिय