विराटनगरमा प्रहरी जवान मृत फेला

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्। विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरी बस्ने जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ३१ वर्षीय योगेन्द्रकुमार कार्की शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।


संखुवासभाको मादी नगरपालिका–१ का कार्की शनिबार राति ८:१० बजेतिर आफ्नै कोठामा मृत भेटिएका हुन्। उनी डेरा कोठाको पंखाको हुकमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रहरीलाई घटना बारे कार्कीकी श्रीमती इन्दु थापाले जानकारी गराएकी थिइन्। थापा पनि जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत प्रहरी जवान हुन्। ड्युटी सकेर कोठा पुग्दा भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको अवस्था देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार घटनास्थल सुरक्षित राखिएको छ। परिवारका सदस्य र आफन्तजन आइपुगेपछि कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए। कार्यालयबाट करिब २०० मिटर उत्तरमा रहेको घटनास्थलमा एसपी चिमरिया स्वयं पुगेका थिए। घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
345
सम्बन्धित

लोकप्रिय

लोकप्रिय