अर्जुनधारामा एक व्यक्तिको शङ्कास्पद मृत्यु

बिर्तामोड । झापा अर्जुनधाराका एक व्यक्तिको शङ्कास्पद मृत्यु भएको छ । अर्जुनधारा–६ बस्ने फागुलाल चौधरीका जेठा छोरा ४१ वर्षीय डम्बरलाल चौधरीको शङ्कास्पद मृत्यु भएको हो । उनी अर्जुनधारा ६ पुलचोकको टुले मुर्मूको घरमा शनिबार दिउँसो करिब ३ बजे सिकिस्त अवस्थामा फेला परेका थिए ।


उनलाई उपचारका लागि बिर्ता सिटी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनका काका पाण्डवलाल चौधरीले बताए । विष सेवनबाट उनको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।

आफैले विष सेवन गरेको वा अरूले विष सेवन गराएको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घरधनी मुर्मूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
841
सम्बन्धित

लोकप्रिय

लोकप्रिय