बारामा धारिलो हतियार प्रहार गरी एक जनको हत्या, तीन आरोपी पक्राउ

कलैया । बाराको महागढीमाई नगरपालिकामा धारिलो हतियार प्रहार गरी शनिबार राति एक जनाको हत्या भएको छ । हतियार प्रहार गरी महागढिमाई नगरपालिका–१ सेमरा तेगछीयाका ५० वर्षीय श्रीनारायण प्रसाद यादवको हत्या भएको प्रहरीले जनाएको छ।


राति आठ बजेको समयमा अज्ञात समूहले यादवलाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएको थियो। घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा उपचारको क्रममा ज्यान गएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

यादवमाथि हतियार प्रहार गरेको आरोपमा तीन जनालाइ पक्राउ गरिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको सापकोटाले बताए। अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेकाहरुको बारेमा प्रहरीले खुलाएको छैन।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
351
सम्बन्धित

लोकप्रिय

लोकप्रिय