काठ तस्करी गरेको आरोपमा जामुनखाडी वनका पूर्व उपाध्यक्षसहित पाँच पक्राउ

झापा । झापाको कनकाईबाट काठ तस्करीमा संलग्न पाँच जनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेका छन् । कनकाईस्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक वनबाट काठ तस्करी गरी बेचेको आरोपमा पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।


गोप्य सूचनाका आधारमा वन समितिका पूर्व उपाध्यक्ष दिलकुमार राई, सन्तोष किस्कू, सन्तोष राई, लक्ष्मण लुंगेली, निर्मल सार्की पक्राउ परेको डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा पूर्व उपाध्यक्ष राई र स्थानीय सार्कीको चाहिँ चोरीमा संलग्नता पुष्टि नभएको उनले बताए । अहिले उनीहरू डिभिजन वन कार्यालय झापाको हिरासत कक्षमा छन् । उनीहरूलाई कात्तिक ६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गा र सब डिभिजन वन कार्यालय कनकाईको टोलीले पक्राउ गरेको हो ।


उनीहरूले वन हाताभित्र घाटगद्धी गरेको र घेराबारा गरेको साल र अन्य जातको करिब १८ किवी काठ चोरी गरेर सुरुङ्गास्थित युवराज खरेलको न्यु पाथीभरा फर्निचर उद्योगमा बिक्री गरेका थिए । उनीहरूलाई अवैध रुपमा वन पैदावार चोरी निकासी मुद्दामा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

उनीहरू दोषी देखिए तीन महिना कैद वा बिगोबमोजिम जरिवाना हुने कानुनी प्रावधान रहेको वन अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
277
सम्बन्धित

लोकप्रिय

लोकप्रिय