जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगिताको उपाधि कनकाईलाई

शिवसताक्षी । झापाको माइधारमा भएको जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगितामा कनकाई नगरपालिका प्रथम भएको छ । कनकाई १६ गोल्डमेडल सहित प्रथम स्थान हासिल गरेको हो । अर्जुनधारा नगरपालिका १३ गोल्ड र १२ सिल्भर मेडलसहित दोस्रो स्थानमा र आयोजक माइधार १३ गोल्ड र ८ सिल्भर प्राप्त गर्ने तेस्रो स्थान हासिल गरेको कराँते महासंघ जिल्ला अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । विजेताले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा झापा जिल्लाभरबाट ३२० खेलाडी सहभागी भएका थिए ।


प्रतियोगिताको उद्घाट कोशी प्रदेशका पूर्व मुख्य मन्त्री केदार कार्कीले गरेका हुन् । उद्घाटनका क्रममा उनले नेपाल मात्र नभएर विश्वका धेरै राष्ट्रहरुलाई खेल आफ्नो देशलाई चिनाउने काम गरेको बताए । किताबी ज्ञान मात्र होइन खेलकुद पनि मानव जिवनमा अपरिहार्य चिज हो । उनले भने, आफ्नो स्वास्थ्य र देशको काम उच्च राख्न खेल धेरै महत्व पूर्ण छ । उनले विद्यार्थीहरुलाई हौसला दिदै भने, खेलमा हार जित हुन्छ । त्यो स्वाभाविक हो । तर त्यसबाट प्राप्त गरेको ज्ञान चै ठूलो हो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाध्यक्ष हर्क सिगु, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख राखेप प्रशिक्षक तथा रेफ्री कमिनर संयोजक कृषणकुमार नेम्वाङ्ग र कराँते महासंघ जिल्ला अध्यक्ष तथा जिल्ला विकास समतिका कार्यालय प्रमुख, राखेप प्रशिक्षण्क तथा रेफ्री कमिसर संयोजक कृष्ण कुमार नेम्वाङ्ग र झापा क्षेत्र नं. ४ का कराँते संस्थापक युवराज पाठकलाई सम्मान गरिएको थियो । उनीहरुलाई पूर्व मुख्य मन्त्री केदार कार्की र शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सम्मान प्रत्र हस्तान्तरण गरेका थिए ।


प्रतियोगिताको विजेताहरुलाई लगाइएको मेडल शिवसताक्षी नगरपालिका वडा नं. ७ का समाजसेवी खड्ग कार्कीले निशुल्क प्रदान गरेका आयोजक माइधार कराँते संघले जनाएको छ । प्रतियोगिताको कराँते महासंघ उपाध्यक्ष जिवन राई, राजेन्द्र लिम्बु लगायत ३० जना रेफ्रीहरुले सहजीकरण गरेका थिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल, वडा सदस्य दिपक पोख्रेल, दोमुखा धार्मिक पर्यटन विकास संस्थाका अध्यक्ष धनराज लावती, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, छिमेकी पालिका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

कराँते महासंघ जिल्ला अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति प्रवक्ता जगन दुर्वासा कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम राखेप कराँते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
321
सम्बन्धित

लोकप्रिय

लोकप्रिय