दोस्रो खुदुनाबारी क्रिकेट प्रतियोगिता सुरु, थन्डर इलाभेनको विजयी सुरुवात

अर्जुनधारा । दोस्रो खुदुनाबारी क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । सुपर इलाभेन खुदुनाबारी क्रिकेट क्लबको आयोजनामा अर्जुनधारा–३ को कैदले खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलबाट बिर्तामोडको थन्डर इलाभेनले विजयी सुरुवात गरेको छ । पहिलो संस्करणको खुदुनाबारी क्रिकेट प्रतियोगिताको विजेता समेत रहेको बुद्धशान्तीको आदर्श युवा क्लबलाई ९४ रनको पराकीलो अन्तरले पराजित गर्दै थन्डर इलाभेनले जित दर्ता गरेको हो ।


निर्धारीत १०/१० ओभरको खेलमा पहिलो ब्याटीङ गरेको थन्डरले ५ विकेटको क्षतीमा १ सय २७ रन बनाएको थियो । जितका लागि १२८ रनको लक्ष्य पक्ष्याएको आदर्शले भने १० औं ओभरमा सबै विकेट गुमार ३४ रन मात्रै बनाउन सक्यो । आदर्शका लागि अर्पण कार्कीले १३ जोड्नु बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको रन जोड्न सकेनन् ।

आजको खेलमा थन्डर इलाभेनका मुर्लि शर्माले बेस्ट प्लेयरको पुरस्कार पाए । उनलाई नगद १ हजार प्रदान गरिएको आयोजक समितिका सचिव प्रदिप बस्नेतले जानकारी दिए । प्रतियोगितामा भोलि आइतबार २ खेल हुनेछ । पहिलो खेलमा रातेखाल क्रिकेट टिम र सरस्वती क्रिकेट एकेडेमीबिच खेल हुने र दोस्रोमा देवी मा.वि.बिर्तामोड र दि पान्थपडाइजबिच खेल हुने आयोजक समितिका सदस्य सौगात राईले जानकारी दिए ।


प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक सन्दीप कुमार राईले जानकारी दिए । प्रतियोगिताको पहिलो पुरस्कार जुकेखाडी सामुदायिक वन र दोस्रो पुरस्कार अर्जुनधारा ३ नम्बर वडा कार्यालयले प्रायोजन गरेको आयोजकले बताएको छ ।

प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा ३ का वडाअध्यक्ष सिताराम भट्टराईले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा जुकेखाडी सामुदायिक वनका अध्यक्ष मोहन श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
765
सम्बन्धित

लोकप्रिय

लोकप्रिय