धनकुटामा बस दुर्घटना, २६ जना घाइते

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्तर्गत सागुरीगढी गाउँपालिका वडा नं. ६ कोल्बोटेमा शनिबार दिउँसो बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जादै गरेको को। १ ख २७५५ नंबरको यात्रुवाहक बस दिउँसो २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।


सडकबाट ५० मिटर भीरबाट खस्नेक्रममा रुखमा अड्किएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो । घाइते २६ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाईएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
557
सम्बन्धित

लोकप्रिय

लोकप्रिय