आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।


यसअघि अमेरिका विरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा समावेश भएका छन् । सागर ढकाल र देव खनाल रिजर्भमा छन् । लिग टु मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

नेपालको टिममा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
300
सम्बन्धित

लोकप्रिय

लोकप्रिय