भद्रपुरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । भद्रपुरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ देवीवस्ती निवासी ३६ वर्षीय शम्भु सहनी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएको र उनको गएराति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
526
सम्बन्धित

लोकप्रिय

लोकप्रिय