दाना चक्रवातको प्रभाव कायमै, पहाडी भूभागमा वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी दुइटा प्रणालीको प्रभावले शनिबार बिहान कोशी प्रदेशमा आंशिकतदेखि साधारणतया बदली रहेको र अरू प्रदेशहरूमा आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ।


दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखी साधारणतया बदली र बांकी भू-भागमा आंशिकखी मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

शनिबार राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। राति कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
400
सम्बन्धित

लोकप्रिय

लोकप्रिय