झापाको अर्जुनधारामा एक महिला मृत फेला

अर्जुनधारा । झापाको अर्जुनधारामा एक महिला मृत फेला परेकी छन् । घलेन्द्रनाथ बास्तोलाको घरमा घरायसी काम गरी बस्ने अर्जुनधारा-६ कप्तानवारिकी अन्दाजी ५५ वर्षीया मिना दनुवार मृत फेला परेकी हुन् ।


गएराति खाना खाई आफ्नै कोठामा चुकुल लगाई सुतेकोमा आज बिहान अबेरसम्म नउठ्दा घरधनी बास्तोलाले बिहान ८:३० बजे प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए ।

प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि पठाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
609
सम्बन्धित

लोकप्रिय

लोकप्रिय