दोश्रो गोरख भेट्रान्स कप : उपाधिको लागि विर्तामोड र दमक भिड्ने

समाल्बुङ । दोश्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिको लागि पूर्वेली भेट्रान्स विर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनल खेलमा बिजय हासिल गर्दै विर्तामोड र दमक उपाधिको लागि भिड्ने भएका हुन् । पहिलो सेमिफाइनल खेलमा विर्तामोडले बरमियोक नाम्पिङ सिक्किमलाई ४–३ र दोश्रो सेमिफाइनलमा दमकले युएफसी बुङ्कुलुङलाई १–० ले हराएको हो ।


सुरुवाती ३–० को अग्रता जोगाउन नसक्दा सिक्किम अन्तिम चारबाट पराजित भएको हो । खेलको तेश्रो मिनेटमा दावा भोटियाले सिक्किमलाई अग्रता दिलाए । ८ औ मिनेटमा दावाले अग्रता दोब्बर बनाए । १७ औ मिनेटमा तेन्जिङ भोटियाले ३–० गोल अन्तर बनाए । २२ औ मिनेटमा प्रेम लिम्बुले गोल अन्तर कम बनाए । पहिलो हाफमा ३–१ को अग्रता बनाएको सिक्किमले दोश्रो हाफमा थप ३ गोल व्यहोर्न पुग्यो । दोश्रो हाफको ७ औ मिनेटमा लिम्बुले गोल अन्तर ३–२ बनाए ।

४ मिनेट नवित्दै सन्तोष राईले गोल गर्दै खेल बराबरी गरे । इन्जुरी समयमा कर्ण लिम्बुले कर्नरबाट गरेको प्रहारलाई लिम्बुले जाली चुमाउँदै ह्रयाट्रिक पुरा गरे । ह्रयाट्रिक गरेका लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनलाई जिल्ला समन्वय समिति इलाम उपप्रमुख चित्रकला बराइलीले ट्रफी प्रदान गरिन् । त्यसैगरी दोश्रो सेमिफाइनलमा विकास राईले निर्णायक गोल गरेपछि दमकले फाइनलमा स्थान बनाएको हो ।


दोश्रो हाफको १५ औ मिनेटमा उनले गोल गरेका थिए । अग्रता बनाएको ३ मिनेट नवित्दै दमक ६ खेलाडीमा सिमित भएको थियो । स्ट्राइकर सुवास आङथुपो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । म्यान अफ दि म्याच निर्णायक गोलकर्ता राई घोषित भए । फाइनल खेल कार्तिक १० गते हुनेछ । गोरख भेट्रान्स कपका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख चित्रकला बराइलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बराइली र सन्दकपुर खेलकुद विकास समितिका अध्यक्ष रुपेन्द्रराज नेम्वाङले शुभकामना मन्तव्य राखेका थिए ।

गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा भएको प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
390
सम्बन्धित

लोकप्रिय

लोकप्रिय