कञ्चनपुरमा एक दम्पती मृत फेला, हत्या आशंका

कञ्चनपुर । कञ्चनपुरमा एक दम्पती मृत फेला परेका छन् । प्रहरीका हनुसार जिल्लाको लालझाडी गाउँपालिका-१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उनकी पत्नी ४३ वर्षीया कमला वडायक मृत फेला परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले दुवै जना शुक्रबार बिहान घरको आँगनमा मृत फेला परेका बताए ।

उनका अनुसार शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकोले उनीहरुको हत्याको आशंका गरिएको छ । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडी पुगेको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
257
सम्बन्धित

लोकप्रिय

लोकप्रिय