पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

पाँचथर। पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम–६ का २६ वर्षीय शुभराज तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ।


बिहिबार दिउँसो घर नजिकै जंगलमा उनलाई अरिङ्गालले टोकेको थियो।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याउने तयारी गर्दै गर्दा घरमै ज्यान गएको प्रहरीले जनाएको छ।


उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
560
सम्बन्धित

लोकप्रिय

लोकप्रिय