नुहाउने क्रममा राप्ती नदीमा बगेर तीन बालिकाको मृत्यु

दाङ । दाङको लमही नगरपालिका–२ स्थित राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा तीन बालिकाको नदीमा बगेर मृत्यु भएको छ ।


बिहीवार दिउँसो राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा एकसाथ तीनजना बालिका बगेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

उनका अनुसार लमही नगरपालिका वडा नम्बर–२ रैनियापुर निवासी सीताराम चौधरीकी छोरी झरना चौधरी, सोही स्थानका सन्तराम चौधरीकी छोरी निशा चौधरी र गढवा घर भइ लमही बस्दै आएका श्रीकान्त चौधरीकी छोरी कृष्टि चौधरीको मृत्यु भएको हो ।


मृतक तीनैजना बालिकाको उमेर १२ वर्ष रहेको छ । मृतक तीनै जनाको शब लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
304
सम्बन्धित

लोकप्रिय

लोकप्रिय