साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपाल ६-० गोल अन्तरले विजयी

झापा । नेपालले साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल फराकिलो अन्तरले विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल ६-० गोल अन्तरले विजयी भएको हो ।


श्रीलंकामाथि प्रभावशाली जित निकाल्दै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

Photo : ANFA

नेपाललाई अघिल्लो चरणमा पुर्‍याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल गरे ।


योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११–० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३–० को जित निकालेको थियो।

Photo : ANFA

नेपालले अन्तिम चारमा अर्को समूहको उपविजेता भारतरसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
602
सम्बन्धित

लोकप्रिय

लोकप्रिय