ट्रकको ठक्करबाट कन्काईमा साइकलयात्री गंभीर घाइते

झापा । झापाको कन्काईमा ट्रकको ठक्करबाट एकजना साइकलयात्री गंभीर घाइते भएका छन् । आज दिउँसो अन्दाजी १२ः४५ बजे कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको मधेश प्र०१–००१ख ०३५४ नम्बरको ट्रकले बाटो क्रस गर्ने क्रममा साइकलयात्रीलाई ठक्कर दिएको थियो ।


ठक्करबाट साइकलयात्री कनकाई –४ बस्ने ६१ वर्षीय टिकाराम धिताल गंभीर घाइते भएका छन् । दाहिने खुट्टा कुच्चिएको, नाकमा चोट लागेका धिताललाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएको छ ।

ट्रक चालक धादिङ धुनवेसी नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय यादब सुवाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । त्यस्तै ट्रकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
528
सम्बन्धित

लोकप्रिय

लोकप्रिय