श्रीलंकाविरुद्ध पहिलो हाफमै नेपाललाई ४-० को अग्रता

काठमाडौं। नेपालले साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा फराकिलो अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफमा ४-० को अग्रता लिएको हो।


नेपालकी रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर र सावित्रा भण्डारीले समान एक गोल थपिन्। खेलको आठौं मिनेटमा नै नेपालले काउन्टर कट्याकमार्फत अग्रता लियो। सवित्राले राइट साइडबाट एक डिफेन्डर छक्याउँदै दिएको बललाई सवितता रानामगरको लेफ्ट फुटेट वान टच गोलमा परिणत भयो।

१२औं मिनेटमा सवित्राको दर्शनीय गोलबाट नेपालले अग्रता दोब्बर पार्‍यो। उनले करिब २५ यार्डबाट गरेको सशक्त प्रहार दोस्रो बारको टप कर्नर गोलमा परिणत भयो। एक मिनेट नबित्दै रेखाले नेपालको अग्रता ३-० ले अगाडि बढाइन्। अमिषा कार्कीले लेफ्ट साइडबाट गरेको क्रस बललाई रेखाले ड्रप नहुँदै भली प्रहार जाली चुमेको हो।


२३औं मिनेटमा रेखाले गोल गरेपनि मान्यता पाएन। अमिषाले प्रहार गरेको प्रहार श्रीलंकाली गोलकिपर विरासिंहाले नियन्त्रणमा लिइसकेकी थिइन्। तर, रेखाले उनको हातबाट बल खोस्दै जाली चुमाएपछि कनिका बर्मनले फउलको दिइन्। त्यसको चार मिनेटपछि रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्। सावित्राको क्रसमा रेखाले हल्का टच दिँदै बललाई जालीसम्म पुर्‍याएकी हुन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
395
सम्बन्धित

लोकप्रिय

लोकप्रिय