डडेल्धुराका बेपत्ता व्यवसायी प्वाली तीन दिनपछि मृत फेला

डडेल्धुरा । डडेल्धुराका व्यवसायी खेमसिंंह प्वाली मृत फेला परेका छन्। सोमबारदेखि बेपत्ता रहेका प्वाली बुधबार मृत भेटिएका हुन्।


जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार ५३ वर्षीय पालीको शव परशुराम नगरपालिका–६ करालीस्थित महाकाली नदीको किनारमा फेला परेको छ। घटनास्थलबारे अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य सुरु गरिएको थियो। सो क्रममा प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
538
सम्बन्धित

लोकप्रिय

लोकप्रिय