चाडपर्वमा प्लास्टिकका फूलमाला बेच्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं । महानगरपालिकाले तिहारसहित अन्य चाडवाडमा प्लास्टिकका फूल, गुच्छा तथा माला बिक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको छ । यस्ता सामग्री ओसारपसार र भण्डारणसमेत गर्न नपाइने महानगरले जनाएको छ ।


महानगरले ४० माइक्रोनभन्दा पालता प्लास्टिक झोलासमेत बिक्रीमा रोक लगाएको छ । यसको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्न सुझाव दिइएको छ ।

गत वर्ष नै महानगरले यस्ता सामग्री बिक्री निषेध गरेको थियो । प्रतिबन्धित सामग्री बिक्री तथा भण्डारण गरेको पाइए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
269
सम्बन्धित

लोकप्रिय

लोकप्रिय