गोरख भेट्रान्स : पूर्वेली र दमक-लखनपुर सेमिफाइनल प्रवेश

समाल्बुङ । पूर्वेली भेट्रान्स विर्तामोड र दमक–लखनपुर भेट्रान्स इलाको सूर्योदय नगरपालिका–५ समाल्बुङमा जारी दोश्रो गोरख भेट्रान्सको सेमिफाइनल प्रवेशा गरेको छ । सामसुङ मेमोरियल मैदानमा जारी प्रतियोगिता उद्धघाटन खेलमा पूर्वेलीले गत संस्करणको उपविजेता एमसीसी भेट्रान्स फिक्कललाई ४–२ गोल अन्तरले हराएको हो । खेलको सूरुवाती अग्रता फिक्कलले लिएको थियो । सुजन राईले पहिलो हाफको १९ औ मिनेटमा गोल गरे । दोश्रो हाफको सुरुवाती मिनेटमा सन्तोष राईले खेल बराबरी गरे । चौथो मिनेटमा प्रविन विश्वकर्माले फिक्कललाई अग्रता दिलाए । १० औ मिनेट कर्ण लिम्बुले फ्रिकिक मार्फत खेल बराबरीमा ल्याए ।


बराबरी भएको एक मिनेट नवित्दै सन्तोष राईले व्यक्तिगत दोश्रो गर्दै विर्तामोडलाई अग्रता दिलाए । दोश्रो हाफको १६ औ मिनेटमा राजकुमार विकले गोल गरेपछि ४–२ गोल अन्तरको जितका साथ विर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ दि म्याच विर्तामोडका सन्तोष राई घोषित भए । दोश्रो खेलमा दमक लखनपुरले पाहुना टोली दार्जिलिङको जिजे भेट्रान्सलाई ३–२ गोल अन्तरले हराएको हो । लखनपुर दमकको तर्फबाट सुवास आङथुपोले २ र विकास राईले १ गोल गरे । दार्जिलिङका गौतम थापा र अर्जन राईले गोल गरे । खेलको म्यान अफ दि म्याच सुवास आङथुपो घोषित भए ।

प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा बरमियोक नाम्पिङ सिक्किम र आयोजक गोरख भेट्रान्स तथा चौथो क्वाटरफाइनल खेलमा युएफसी भेट्रान्स बुङकुलुङ भारत र फेमेगुरु भेट्रान्स सन्दकपुर बिच प्रतिस्पर्धा हुनेछ । अध्यक्षता गोरख भेट्रान्स कपका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नं २ का सांसद एवम स्र्पोटिङ इलाम एफसी डी मेचीका अध्यक्ष सुहाङ नेम्वाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष एवम सामाजिक विकास समिति संयोजक डिक बम्जन, वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जन, रोङ गाउँपालिका–६ का वडाध्यक्ष सत्यम चौरासेको विशेष आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेम्वाङले विकास र समृद्धिका लागि खेलकुद महत्वपूर्ण रहेको बताए । उनले खेलकुद विकासमा आफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता समेत जनाए । नेम्वाङले समाल्बुङ क्षेत्रमा पर्यटन र खेलकुदको सम्भाव्य क्षेत्र भएको बताए । विशेष अतिथि डिक बम्जनले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै अन्तर मावि फुटबल संचालन गरिरहेको बताए । उनले खेलकुद स्वास्थ्यका लागि समेत महत्वपुर्ण रहने बताए । कार्यक्रममा गोरख युनाइटेड क्लबका सचिव निरोज बम्जनले गरेका थिए । प्रतियोगिता गोरख टोल विकास संस्थाको आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
444
सम्बन्धित

लोकप्रिय

लोकप्रिय