केर्खा घटना : आक्रोशितले गरे प्रहरी विटमा आगजनी

झापा । रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपनि आक्रोशितहरुले केर्खा बजारमा रहेको प्रहरी वटमा आगजनी गरेका छन् । करिव हजारको संख्यामा रहेका स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् ।


सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् । असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरु केर्खा प्रहरी चौकीभित्र रहेका छन् । काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन् । मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ । ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे लिन गएका थिए ।


बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कदै गर्दा रात्रिबसले ठक्कर दिएको हो । बर्थडे केक र मासु सडकभरि छरपष्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।

केर्खामा रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
984
सम्बन्धित

लोकप्रिय

लोकप्रिय