आई.जि.पि. रनिङ्ग कप पुरूष भलिबल सुरु

काठमाडौं । आई.जि.पि. रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता २०८१ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सुरु भएको छ । नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।


तस्बिर : नेपाल प्रहरी

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको शिर उच्च बनाएको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा खेलकुद प्रतियोगिताहरूलाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिताहरू संचालन सहितको योजना तयार गर्ने प्रयास भइरहेको समेत उहाँले बताउनुभयो ।

तस्बिर : नेपाल प्रहरी

कार्यक्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
360
सम्बन्धित

लोकप्रिय

लोकप्रिय