अर्जुनधारा जलेश्वर धाममा मंसिर ८ देखि ४२ औं अनुष्ठान हुने

अर्जुनधारा । झापाको अर्जुनधारा जलेश्वर धाममा आगामी बालाचतुर्दशीको अवसर पारेर ४२ औं अनुष्ठान आयोजना हुने भएको छ । धाम समितिले आज पत्रकार सम्मेलन गरेर मंसिर-८ गतेदेखि आयोजना हुने यस बर्षको अनुष्ठानलाई बृहत रुपमा सम्पन्न गर्ने जानकारी दिएको छ ।  बिश्वशान्ति तथा पितृ उद्धारको कामनासहितच १०८ अष्टोतरशत आयोजना गर्न लागिएको समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिएका छन् । उनले ५१ जना बिद्यार्थी बटुक तथा ५ जना आचार्यद्धारा दैनिक हवन, महायज्ञ तथा रुद्राभिषेक कार्य आयोजना गरिने बताए ।


अन्तराष्ट्रिय कथा व्यास तथा १८ पुराणका प्रवक्ता, धर्मदर्शन फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष कुवेर सुवेदीको प्रमुख वाचकत्व र जलेश्वर धामका मुल अर्चक अग्निप्रसाद सिग्देलको वाचकत्वमा महापु्राण सम्पन्न हुने अध्यक्ष गट्टानीले बताए ।  २०२३ सालमा स्थापना भएको धाममा गतबर्षसम्ममा ४१ वटा महापुराण सम्पन्न भइसकेको छ । यो बर्षको बालाचतुर्दशीलाई विगतका दिनभन्दा भब्य बनाउने तयारी आयोजकको रहेको छ ।

महापुराणस्थलमा १०८ वटा व्यास कुटी निर्माण गरिएको छ । १०८ कुटीमा त्यतिकै संख्यामा कर्ताहरुले महापुराणको स्वामित्व लिन सक्ने धामका मुल अर्चक सिग्देलले जानकारी दिए । भक्तजनले ५१ हजार रुपैंया शुल्क तिरेर एउटा व्यास कुटीमा महापुराण लगाउन सक्ने व्यवस्था मिलाइएको कोषाध्यक्ष मनोज जोशीले बताए । उनले हालसम्म २५ वटा कुटीमा महापुराण लगाउने कर्ता परिवार भेटिसकेको जानकारी दिए ।


महापुराण सम्पन्न गर्न बिभिन्न १९ वटा उपसमिति गठन गरिएको छ । महापुराणमा ९५ लाख ५० हजार रुपैंयाँ खर्च तथा २ करोड १६ लाख ८ हजार रुपैंयाँ आम्दानी हुने अनुमान गरिएको छ । पुर्वको प्रशिद्ध धार्मिक स्थल अर्जुनधारामा पुर्वी नेपालका अधिकांस जिल्ला, छिमेकी देश भारतको बंगाल, बिहार राज्य लगायतबाट धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन् । टाढाबाट आउने भक्तजनलाई जलेश्वर धामले धाम परिसरमा महाप्रसाद वितरणको तयारी पनि गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
576
सम्बन्धित

लोकप्रिय

लोकप्रिय